चौथो मेयर कप लन टेनिसको उपाधि प्रनव मानन्धरलाई

by समतल अनलाइन
54Shares

बुटवल। रुपन्देहीमा सम्पन्न चौथो मेयर कप तथा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता–२०८२ को उपाधि प्रनव मानन्धरले चुमेका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा भएको पुरुष एकलको फाईनलमा आयुषमान घलेलाई २–६, ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमे । उपाधिसंगै उनले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता घले भने नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाए ।

शुक्रबार नै सम्पन्न ३५ प्लस सिगलको उपाधि भने कमल बहादुर भण्डारी जितेका छन । फाईनलमा अनिल साईलाई ३–६, ६–१, १०–७ को सेटमा पराजित गर्दै भण्डारीले उपाधि चुमेका हुन । प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिष्पर्धा भएको संघका कोषाध्यक्ष डा. प्रकाश बस्नेतले बताए । प्रतियोगितामा पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपाल टेनिस संघका केन्द्रिय अध्यक्ष मनोहरदास मुल, केन्द्रिय सदस्यहरु गोपाल ज्ञवाली, अशोक गुरुङ लागयतले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नगरप्रमुख पाण्डेयले बुटवलको खेल पर्यटनमा लनटेनिस खेलको योगदानको चर्चा गरे । अनुशासित खेलका रुपमा लनटेनिसलाई चिनिनै भन्दै यो खेलको विकासमा स्थानिय सरकारको साथ रहने प्रतिवद्धता जनाए । बुटवलमा दुई वटा मैदान थप गरि अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारीमा लाग्न उनले आग्रह गर्दैै यसका लागि आवश्यक बजेट बिनियोजन गर्ने समेत बताए ।

You may also like