राेटरी तिलाेत्तमा रुपन्देहीकाे चार्टरनाइट : गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान

by समतल अनलाइन
67Shares

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले बुटवलकाे सन्ताेषी माता गुरुकुल आश्रमलाई कम्प्युटर प्रदान गरेकाे छ । क्लवकाे १५औं स्थापना दिवसकाे अवसरमा बिहिबार आयाेजना गरिएकाे चार्टर नाइट कार्यक्रममा उक्त गुरुकुल आश्रमलाई एक थान कम्प्युटर प्रदान गरिएकाे हाे ।

क्लव स्थापना भएकाे १४ वर्ष पूरा भई १५ वर्षमा प्रवेश गरेकाे अवसरमा क्लवका संस्थापकहरुलाई समेत सम्मान गरपएकाे छ । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डाेलराज गैरे सहित संस्थापकहरु बालकृष्ण अर्याल, नविन श्रेष्ठ, कृष्णप्रसाद शर्मा, निरन्जन पोखरेल र गोपाल घिमिरेलाई भादगाउँले टाेपीले सम्मान गरिएकाे हाे ।

राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देही काठमाण्डौको रोटरी क्लव अफ मञ्जुश्री जावलाखेलको स्पोन्सरमा सन् २०१२ मा २५ जना सदस्यसहित स्थापना गरिएको थियो । क्लवमा हाल ५० बढी सदस्य रहेको क्लवका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

उनका अनुसार क्लव स्थापनापछि सिग्नेचर प्रोजेक्ट अन्तरगत आन्तरिक स्रोत नभएका ग्रमिण सामुदायिक विद्यालयमा रंगरोगन गर्दै आएको छ भने अन्य सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ ।
याे वर्ष सिग्नेचर प्राेजेक्ट अन्तरगत बुटवलकाे सन्ताेषी माता गुरुकुल आश्रममा रंगराेगन गरिएकाे छ । हाेलीमा गरिने कार्यक्रम अन्तरगत बिद्यालय रंगराेगन गरिएपनि औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्न बाँकी छ ।

याे वर्ष प्रतिनिधि सभा निर्वाचनका कारण बिद्यालय रंगराेगन गरिएपनि हस्तान्तरणमा केही ढिलाई भएकाे अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा बाेल्दै क्लवकी एसाइन एजी कमला हमालले क्लव स्थापनाको १४ वर्षको अन्तरालमा डिष्ट्रिकमा बलियो क्लवको रुपमा स्थापित भएको बताईन् । उनले सिग्नेचर प्राेजेक्ट अन्तरगत सामुदायिक विद्यालयमा रंगराेगन गर्ने कार्यक्रम क्लव पहिचान बनेकाे समेत उल्लेख गरिन् । एजी जितेन्द्र शर्माले एसाइन एजी हमालकाे अनुपस्थितिमा क्लवलाई राम्राेसंग बुझ्ने अवसर पाएकाे बताउदै याे क्लवका कार्यक्रम अरु क्लवका लागि पनि उदारणीय रहेकाे बताए ।
सन्ताेषी माता गुरुकुल आश्रमका सचिव डण्डपाणी पाण्डेले क्लवले आश्रमलाई पटक-पटक सहयाेग गरेर धेरै ठूलाे गुन लगाएकाे बताए । उनले आश्रममा रंगराेगन गरेर क्लवकाे अमिट छाप छाेडेकाे उल्लेख गरे ।

त्यसअवसरमा क्लवका संस्थापक अध्यक्ष डाेलराज गैरे, पूर्व अध्यक्ष गाेपाल ज्ञवाली, निवर्तमान अध्यक्ष देवीराम पाण्डे, इलेक्ट प्रेसिडेन्ट देवीलाल भट्टराई, उपाध्यक्ष अर्जुन आचार्य लगायतले क्लवका विगतदेखि बर्तमानसम्मकाे बारेमा जानकारी गराएका थिए ।

You may also like