78
काठमाडौं । सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको जानकारी दिएका छन् ।
कार्यक्रम प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको उनले बताएका छन् ।




