पश्चिमी वायुको प्रभाव: देशभर बदली, हावाहुरी र चट्याङ्गको सम्भावना

by समतल अनलाइन
86Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग ले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली रहेको अवस्था छ।

आज दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा बदली बढ्ने अनुमान गरिएको छ। गण्डकी र कर्णालीका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली–पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रहरूमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, तराई क्षेत्रमा राति पनि हावाहुरीको सम्भावना रहने विभागले जनाएको छ।

You may also like