सरकारलाई हनिमुन पिरियड चाहिदैन, काम देखाउन थालिसक्यौं- रवि लामिछाने

by समतल अनलाइन
85Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई हनिमुन पिरियड नचाहिने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले काम गरेर देखाउन शुरु गरेको बताउदै आफुहरुलाई हनिमुन पिरियड नचाहिने बताएका हुन् ।

उनले आफुहरु प्रश्न सोधेर आएको बताउदै अब प्रश्न सोध्न मात्र होइन जवाफ दिन पनि आउछ भनेर देखाउने समय आएको बताए । उनले प्रतिपक्षी दलहरुलाई आफ्ना गल्ति औल्याइदिन समेत आग्रह गर्दै प्रतिपक्षको आवाजलाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिशोध नगर्ने बताउदै सभापति लामिछाने अब आफुले सुन्न नचाहेको कुरा बोल्दा संसदमा माइक नकाटिने स्पष्ट गरे । उनले यसअघि राजनीतिक नियुक्ति पाएका सबैले स्वइच्छाले मार्ग प्रसस्त गर्न आग्रह गर्दै सरकारले पारदर्शी प्रशासनको ग्यारेन्टी गर्ने बताए ।

सरकार जेनजी आन्दोलनको पनि सन्तान भएकोले शहिदको रगत बगेकोविरुद्ध गरिने कारवाहीलाई प्रतिशोध नभन्न समेत आग्रह गरे ।

उनले संसदको रोष्टमबाटै दलितहरुप्रति भएको विभेदप्रति माफी माग्दै माफीको मुल्य न्यायले सुनिश्चित गर्ने स्पष्ट गरे । अबको यात्रा सशक्तिकरणको हुने बताउदै महिलाहरुले अब समान अवसर पाउने गरि सरकारले काम गर्ने बताए ।

You may also like