56
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा बढाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर ९६६ डलरबाट १७८५ डलर, पोखरामा ८०१ डलरबाट १७३२ डलर र भैरहवामा ७८९ डलरबाट १७१६ डलर कायम गरिएको निगमले जनाएको छ।




