सपना प्रधान मल्ल आजदेखि कामु प्रधानन्यायाधीश

by समतल अनलाइन
48Shares

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण सेवा निवृत्त भएपछि उनले उक्त जिम्मेवारी पाएकी हुन्।

राउत ६५ वर्षे उमेर सीमा पूरा गरी अनिवार्य अवकाशमा गएका हुन्। उनलाई मंगलबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा मल्लले बिदाइ गरिन्। राउत विसं २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका थिए।

संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामु रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले मल्लसहित कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीशले राष्ट्रपतिबाट नियुक्ति पाउँछन् । तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद् निष्कृय छ ।

अब प्रतिनिधिसभाले सभामुख, उपसभामुख चयन गरेर प्रमुख विपक्षी दलको नेता टुंगो लागेपछि मात्रै संवैधानिक परिषद्ले पूर्णता पाउँछ ।

You may also like