73
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सुविधानगरबाट नियन्त्रणमा लिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्।
जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको प्रदर्शनका घटनाबारे अनुसन्धान गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले रिजालमाथि किशोरको ज्यान जोखिममा पार्ने गरी गोली चलाउन आदेश दिएको आरोपसमेत छ।
रिजालले आयोगमा भने आफुले घातक हतियार प्रयोग गरेर गोली चलाउने आदेश नदिएको बयान दिएका थिए। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ भइसकेका थिए।




