कञ्चनमा एकल महिलाहरुका लागि उद्घोषण तालिम शुरु

by समतल अनलाइन
54Shares

कञ्चन। रुपन्देहीको कञ्चनमा एकल महिलाहरुका लागि ३ दिने उद्घोषण तालिम शुरु भएको छ। कञ्चन गाउँपालिकाको आयोेजना तथा महिला विकास सेवा ईकाईको व्यबस्थापनमा सञ्चालन गरिएको उक्त तालिममा कञ्चनका ४० जना एकल महिलाहरुको सहभागिता रहेको छ।
तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका संस्थापक सदस्य तथा नेपाल आदीवासी जनजाती पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सरु राना र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव सोनु थापा मगरले प्रशिक्षण दिनु भएको छ।

तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिलाहरुलाई हरेक क्षेत्रमा शसक्तीकरण गराई समाजको सफल र असल नेतृत्व गर्न सक्ने महिला बनाउन पालिकाले सिप बिकास सम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको बताउनु भएको थियो । महिलाहरुको क्षमता बिकास गर्न र एकल महिला भित्र भएको आत्मविश्वास सिपलाई तालिमको माध्यमबाट उजागर गरी “म पनि केही गर्न सक्छु” भन्ने भावनाको बिकास गर्न उद्घोषण तालिमको आयोजना गरिएको समेत उपाध्यक्ष थापा मगरले बताउनु भएको थियो।

यस्तै कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापाले आफुभित्र भएको क्षमता र कला उजागर गर्न तालिम निकै फलदायी हुने बताउदै तालिमबाट “कसरी कुन ठाउँमा के बोल्ने” भन्ने सिप सिक्न आग्रह गर्नु भएको थियो। कार्यपालिका सदस्य थापाले आफुसंग “कुन समयमा के बोल्ने” भन्ने बारे जानकारी भए पनि बोल्ने कलाको ज्ञान नभएपछि आफुसंग भएको क्षमता पनि मनभित्रै रहने कुरा समेत बताउनु भएको थियो।
कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारु, वडा सदस्य अम्बिका कुमारी पुन लगायत जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो।

कञ्चन गाउापालिकाको दियो सभाहलमा सञ्चालन भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका महिला विकास निरीक्षक राधा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा वरिष्ठ प्रशासन सहायक पवित्रा सत्यालले स्वागत गर्नु भएको थियो। तालिम चैत्र १८ गते सम्म सञ्चालन हुने छ।

You may also like