राष्ट्रपति पौडेलले बोलाए संघीय संसद्को दुवै सदनको अधिवेशन

by समतल अनलाइन
58Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

नेपालको संविधानको धारा ९३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार चैत १९ गते बिहीबार दिउँसो २:०० बजे बैठक बोलाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

You may also like