सवारी ठोक्किँदा १२ जना घाइते, यातायात पुनः सञ्चालनमा

by समतल अनलाइन
75Shares

नवलपरासी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु प्र ०१–००१ ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा प्र ०१–०२८ च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशामा गइरहेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ।

दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ का ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय दर्शन काप्री तथा बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएका छन्।

त्यसैगरी, बसमा सवार अन्य ९ जना यात्रु पनि सामान्य घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि केहीबेर अवरुद्ध भएको यातायात अहिले सामान्य अवस्थामा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।

You may also like