बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता देशभरबाट खेलाडी आऊन सुरु

by समतल अनलाइन
29Shares

बुटवल। रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार-चैत्र १६) बाट बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु हुदैछ। प्रतियोगीता हुने देविनगरस्थिती टेनिस कोर्ट बुटवलमा तयारीको काम पुरा भएको जानकारी संघका अध्यक्ष विष्णु चापागाईले दिनु भयो ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलगरि कुल ११ विधामा प्रतिष्पर्धा गराईने छ । जसमा एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा रहने छ भने डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा गरि कुल ११ विधा रहेको संघका अध्यक्ष चापागाईले बताउनु भयो । प्रतियोगितामा पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष चापागाईले बताउनु भयो । चैत्र २० गतेसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्नका लागि कुल रु. २६ लाख ६७ हजार ५०० रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा देशभरका २ सय भन्दाबढी पुरुष तथा महिला खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।

प्रतियोगिताका खेलहरु नेपाल लन टेनिस संघको स्विकृति र अन्तराष्ट्रिय खेल नियम र मान्यता अनुसार खेलहरु सञ्चालन गरिने छ । २०७५ सालबाट बुटवल लन टेनिस संघले बुटवलमा पहिलो पटक राष्ट्रियस्तरको लनटेनिस प्रतियोगीता आयोजना गरेको हो । सोहि प्रतियोगितालाई निरन्तरता दिदै रुपन्देही लन टेनिस संघले सातौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता तथा तेस्रो मेयर कपको पुरुष एकलतर्फको विजेता पोखराका प्रदीप खड्का हुन भने महिला एकलतर्फको विजेता काठमाडौंकी सुनीरा थापा हुन ।

You may also like