ओली र लेखक ५ दिन थुनामा राखी अनुसन्धान अनुमति

by समतल अनलाइन
78Shares

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई थप ५ दिन थुनामा राख्ने आदेश दिएको हो।
आजको इजलासमा ओलीलाई भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने कांग्रेस नेता लेखक व्यक्तिगत रूपमा उपस्थित भएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति माग गरेको थियो।

शनिबार पक्राउ परेका ओली र लेखक महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

You may also like