जापान अध्ययनका लागि प्रस्थान गर्ने १३० विद्यार्थीलाई आकारुई एजुकेशनलको बिदाइ

by समतल अनलाइन
21Shares

बुटवल। बुटवल मिलनचोकस्थित बुटवल आकारुई एजुकेशनल कन्सल्टेन्सी प्रा. लि. बुटवल शाखाले जापान अध्ययनका लागि प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम आयोजना गरेको छ। शनिबार डियालो फुडल्याण्ड, बुटवलमा आयोजित कार्यक्रममा १३० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रमुख अतिथि प्रजोल पौडेलले भने,विद्यार्थीहरूले विदेशबाट प्राप्त गर्ने ज्ञान र अनुभवलाई देशको विकासमा योगदान पुर्‍याउनुपर्छ। अवसरप्रति सचेत रहँदै मेहनत गर्नुपर्ने हुन्छ।

सन्चालक आयुष सापकोटाले जापान जाने विद्यार्थीहरूलाई यथार्थपरक सोच राख्न आग्रह गर्दै भने, अत्यधिक अपेक्षा लिएर विदेश नजानुहोस्। त्यहाँ सिकेका सीप, ज्ञान र अनुभव नेपाल फर्केर प्रयोग गर्नु नै सफलता हो।

कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक किरण पाण्डेले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिइन्। उनले विदेश अध्ययनलाई अवसरका रूपमा लिन र अनुशासन तथा मेहनतलाई प्राथमिकता दिन सुझाव दिइन्।

कार्यक्रमको संचालन अर्जुन कँडेलले गरेका थिए।प्रमुख अतिथिको रूपमा चितवनस्थित आकारुई प्रधान कार्यालयका सञ्चालक प्रजोल पौडेल उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता बुटवल शाखाका सञ्चालक आयुष सापकोटा ले गरेका थिए।

कार्यक्रमलाई अझ आकर्षक बनाउन सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। नृत्यांगना अनुश्का शर्मा र गायक विक्रम परियार ले प्रस्तुत गरेका मनोरञ्जनात्मक कार्यक्रमले सहभागीहरूलाई उत्साहित बनाएको थियो।

आकारुई बुटवलले नियमित रूपमा विदेश अध्ययनमा जाने विद्यार्थीहरूलाई परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आएको छ। यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीहरूलाई मानसिक रूपमा तयार पार्ने र जिम्मेवारीबोध गराउने प्रयास भइरहेको संस्थाले जनाएको छ।

You may also like