पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

by समतल अनलाइन
67Shares

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको बताइएको छ । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनको घर विश्वंस गर्ने क्रममा डलरसहितका नोट हावामा उडेको भिडियो भाइरल भएको थियो ।
यसअघि सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

You may also like