देउवा काँग्रेसको निर्णय- ओली र लेखक पक्राउको प्रतिवाद गर्ने

by समतल अनलाइन
81Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले विज्ञप्ती जारी गर्दै बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको र उनको नेतृत्वमा मन्त्रिपरिषद गठन भएकोमा बधाई ज्ञापन गर्दै कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको हो ।

साथै पुनले सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट भाद्र २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गरेका छन् ।

You may also like