102
बुटवल । नेकपा एमाले का कार्यकर्ताले बुटवलको मिलनचोकमा प्रदर्शन गर्दै केपी शर्मा ओली पक्राउको विरोध गरेका छन् ।
उनीहरूले उक्त पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भएको आरोप लगाउँदै वर्तमान गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै पक्राउ तत्काल फिर्ता लिनुपर्ने माग राखेका थिए । उनीहरूले लोकतन्त्रमाथि आक्रमण भएको भन्दै सरकारको कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।
सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।


