सोह्र–छत्तीस कुलोमा सरसफाइ अभियान सम्पन्न, सिँचाइ र वातावरणमा सुधारको अपेक्षा

by समतल अनलाइन
85Shares

बुटवल । बुटवल–तिलोत्तमा क्षेत्रमा पर्ने सोह्र–छत्तीस कुलोमा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय युवाहरू र नेपाल आर्मीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत कुलो क्षेत्र सफा गरिएको हो।

अभियानका क्रममा कुलोमा थुप्रिएको फोहोर, झारपात तथा अवरोधहरू हटाइएको छ। लामो समयदेखि सरसफाइ अभावका कारण प्रभावित हुँदै आएको पानीको बहाव अहिले सहज बनेको सहभागीहरूले बताएका छन्।

सरसफाइपछि कुलोमा पानीको प्रवाह सुधार भएसँगै सिँचाइ व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसबाट विशेषगरी कृषकहरू लाभान्वित हुने र उत्पादन वृद्धि हुने विश्वास गरिएको छ।

स्थानीय बासिन्दाले सामूहिक प्रयासबाट गरिएको यस अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण टेवा पुर्‍याएको बताएका छन्। साथै यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

You may also like