मन्त्रीकाे गाडीलाई विशेष सुविधा नदिन गृहमन्त्री गुरूङकाे निर्देशन

by समतल अनलाइन
89Shares

काठमाडौं।गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्री तथा भिआईपी सवारीलाई विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय को आकस्मिक निरीक्षणका क्रममा उनले एसएसपी नवराज अधिकारी सहितका प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।

उनले भने, “जनतालाई दुःख दिनेगरी भिआईपीलाई विशेष सुविधा दिनु हुँदैन। नागरिकका लागि आवागमन सहज बनाउनु हाम्रो दायित्व हो। हामी नागरिकका सेवक हौँ।”

गृहमन्त्री गुरूङले मन्त्रीहरूलाई आवश्यक कामका लागि हतार भए समयमै निस्किनुपर्ने उल्लेख गर्दै भिआईपी सवारीका नाममा सर्वसाधारणलाई असुविधा नदिन कडाइका साथ निर्देशन दिएका छन्।

You may also like