सुदन गुरूङ गृहमन्त्री बन्ने

by समतल अनलाइन
95Shares

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। उनले आफूसँगै केही मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी गरेका छन्।

मन्त्रिपरिषद् गठनका क्रममा जेनजी आन्दोलनबाट उदाएका सुदन गुरूङलाई गृहमन्त्री बनाउने विषयमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच सहमति नजिक पुगेको स्रोतले जनाएको छ।

यसअघि पार्टी उपसभापति डिपी अर्याल गृहमन्त्रीको चर्चामा रहे पनि गुरूङको नाम अगाडि बढाइएको हो।

हामी नेपालका संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये एक हुन्। उनी गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

You may also like