बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त, आजै शपथ

by समतल अनलाइन
58Shares

काठमाडौं।देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्।

शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शीतलनिवासमा आयोजना हुने समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउनेछन्।

यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गरिएको छ।

You may also like