काठमाडौं । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानमन्त्री शाहले आजै दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। शीतलनिवासमा आयोजना हुने समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराउनेछन्।
यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। रास्वपा स्रोतका अनुसार हालसम्म १० मन्त्रीको टुंगो लागेको छ। उद्योगमन्त्रीमा अमरेशकुमार सिंह र ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठको नाम निश्चित भएको छ।
टुंगिएको १० मन्त्रीको सूची
शिशिर खनाल – परराष्ट्रमन्त्री
स्वर्णिम – अर्थमन्त्री
सुदन गुरुङ – गृहमन्त्री
सोविता गौतम – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
सीता वादी – महिला, बालबालिका मन्त्रालय
सुनील लम्लास – भौतिक पूर्वाधारमन्त्री
अमरेशकुमार सिंह – उद्योगमन्त्री
विराज भक्त श्रेष्ठ – ऊर्जामन्त्री
निशा मेहता – स्वास्थ्य मन्त्री


