पश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

by समतल अनलाइन
52Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

अहिले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र बागमती प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।

You may also like