बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा जब फेयर २०२६ हुँदै

by समतल अनलाइन
34Shares

बुटवल।बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा यही चैत्र १२ गते जब फेयर (रोजगार मेला) हुने भएको छ । योग्य, दक्ष र प्रतिभावान जनशक्तिलाई उद्योग प्रतिष्ठानको आवश्यकता सङ्ग जोड्ने उद्देश्यले प्लेसमेन्ट , परामर्श र उद्यमशीलता विकास सेल लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
रोजगार मेलामा २० भन्दा बढी रोजगारदाता उद्योग प्रतिष्ठानको उपस्थिति रहने र २१० भन्दा बढी विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

विभिन्न उद्योग प्रतिष्ठानका लागि आवश्यक योग्य, दक्ष प्रतिभाहरु आपूर्तिका साथै सीपयुक्त जनशक्ति प्राप्तिमा रोजगार मेला सहयोगी हुने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले विश्वास व्यक्त गर्नुभयो साथै उहाँले रोजगार मेला लुम्बिनी वाणिज्य क्याम्पसको प्राङ्गणमा चैत्र १२ गते बिहान ७ बजे उद्घाटन हुने र यसमा क्याम्पसमा अध्ययनरत र अध्ययन सक्काएका विद्यार्थीहरु सहभागी हुनसक्ने बताउनुभयो।

रोजगार मेलाको पूर्व सन्ध्यामा विद्यार्थीहरूलाई चैत्र ११ गते अन्तर्वार्ता तयारी तथा सिभि निर्माण सम्बन्धी कार्यशाला समेत आयोजना गरिएको सेल संयोजक मुकुन्द ज्ञवालीले जानकारी दिनुभयो।

You may also like