मैले सभापतिको रुपमा गाडी हाँकेँ, अब यो गाडी रोकिंदैन : गगन थापा

by समतल अनलाइन
36Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी अब महाधिवेशनतर्फ पूर्ण रूपमा केन्द्रित भइसकेको भन्दै प्रक्रिया कुनै हालतमा नरोकिने स्पष्ट सन्देश दिएका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको र अब त्यसलाई रोकिन नदिने स्पष्ट पारे।

महाधिवेशनमा सहभागी हुने विषयलाई लिएर कसैले पनि मनमा कुरा नराख्न उनले आग्रह गरे । उनले भने, ‘एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौं । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो,’

सभापति थापाले महाधिवेशनलाई लिएर कसैप्रति पूर्वाग्रह नराखी सबैलाई समेटेर अघि बढ्ने धारणा व्यक्त गरे । उनले भने, ‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु । अब यो गाडी रोकिंदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन । मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।’

You may also like