सुनको मूल्य घट्दा चाँदीको मूल्यमा वृद्धि, सुनको प्रतितोला १,६०० रुपैयाँले घट्यो

by समतल अनलाइन
31Shares

काठमाडौँ।नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ, जसमा सोमबारको तुलनामा १ हजार ६ सय रुपैयाँको गिरावट आएको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ कायम गरिएको छ।

सुनको मूल्य घट्दा पनि चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ८० रुपैयाँले वृद्धि भएर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ६३ रुपैयाँ रहेको छ।
महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा निर्धारण गरिन्छ।

You may also like