पाल्पामा तिनाउ खोलामा डुबेर बेपत्ता दुई भारतीय युवकको मृत्यु

by समतल अनलाइन
62Shares

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् ।

प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको हो ।

यस्तै अमान अन्सारीको सोमबार दिउसो अमान अन्सरीको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए ।

उनीहरूसँगै घुक्न आएका अन्य सात जना भने सकुशल रहेका छन् ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

You may also like