तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

by समतल अनलाइन
83Shares

बुटवल । पाल्पाको तिनाउ ड्याम क्षेत्रमा डुबेर दुई जना बेपत्ता भएका छन्। आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा भारतको सन्तकबिरनगरका १७ वर्षीय अमान अन्सारी र १७ वर्षीय फरान अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (डिएसपी) होमप्रकाश चौधरीका अनुसार उनीहरू सात जनाको समूहमा नेपाल घुम्न आएका थिए।
उक्त समूहका अन्य सदस्य सुरक्षित रहेका छन् भने दुई जना तिनाउ ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

हाल बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

You may also like