पाल्पाको माथागढी गाउँपालिका टिप्पर दुर्घटना, १ जनाको मृत्यु

by समतल अनलाइन
86Shares

पाल्पा। पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शनिबार टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार बेलुका करिब ६ बजेको समयमा झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु. २ ख. ४५२५ नम्बरको खाली टिप्पर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो। टिप्पर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको छ।
घाइते तथा मृतकको पहिचान खुल्न बाकी रहेको छ।

You may also like