कार्यशैली नसुधारे एमाले ‘स्कुटरमा अट्ने सीट’मा सीमित हुन्छ : सुरेन्द्र पाण्डे

by समतल अनलाइन
78Shares

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गर्दै कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कार्यशैली सुधार नगरे आगामी चुनावमा नतिजा झनै खस्किने चेतावनी दिए।

उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३/४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ।’

उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ ।’

You may also like