इनिशा विक हत्या प्रकरण : तथ्य-प्रमाणका आधारमा अनुसन्धान जारी

by समतल अनलाइन
72Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शनिबार (चैत ७) काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुर्खेतको घटनामा कानुनको अक्षरशः पालना गर्दै अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरी महानिरीक्षक कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेको र दोषीलाई कारबाही गर्दै न्याय सुनिश्चित गरिने बताए। छिट्टै घटनाको निष्कर्ष सार्वजनिक गरिने उनको भनाइ छ।

उनले सबै प्रकारका विभेदविरुद्ध कानुनअनुसार कारबाही अघि बढाइने पनि उल्लेख गरे।

You may also like