स्कुटी–टिप्पर ठक्कर: श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते नभई सकुशल

by समतल अनलाइन
74Shares

दाङ । दाङमा श्रीमान–श्रीमती सवार स्कुटीलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प ६३३१ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको रा १ ख २३०८ नम्बरको टिप्परले बिहिवार (आज) साँझ ७ बजेतिर ठक्कर दिएको हो ।

टिप्परको ठक्करबाट तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार श्रीमान दुर्गा कडेँलले स्कुटी चलाएका थिए । उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेको टिप्परलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ ।

You may also like