68
काठमाडौँ। बालेन शाह चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। चुनावअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र शाहबीच भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बन्ने तय भएको हो।
बिहीबार भएको छलफलमा रास्वपाका सभापति रवि लामिछाने सहित शीर्ष नेताहरू सहभागी थिए। उक्त बैठकपछि उपसभापति स्वर्णिम वाग्ले ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने निर्णय भएको जानकारी दिए।
छलफलमा अर्का उपसभापति डीपी अर्याल समेत सहभागी थिए।
यसअघि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम तय गरिएको छ। सांसदको शपथ लिएलगत्तै शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको हो।
रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बन्न लागेको जनाइएको छ, जसलाई नयाँ राजनीतिक समीकरणको रूपमा हेरिएको छ।


