नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

by समतल अनलाइन
70Shares

काठमाडौ । काठमाडौं उपत्यकाको नगरकोट जाने बाटोमा दुई जना भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन्।
केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकहरूमाथि कुटपिट गरेका थिए। उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You may also like