गुल्मीको सत्यवतीमा ट्रक दुर्घटना, योगिकुटी र शंकरनगरका दुई जना घाइते

by समतल अनलाइन
78Shares

गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जिल्लाको सत्यवती गाउँपालिका–५ हँसरा स्थित भित्री कच्ची सडक खण्डमा बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ५३७३ नम्बरको पेप्सी कोकाकोला बोकेको ट्रक दुर्घटनामा परेको हो।
प्राप्त जानकारी अनुसार ट्रक ब्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ जयकुटी बस्ने ३४ वर्षीय केशव ज्ञवाली र ट्रकमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर बस्ने ३१ वर्षीय यादव ज्ञवाली घाइते भएका छन्।

घाइते दुवै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको छ।

You may also like