काठमाडौं। नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको नाम निर्वाचन आयोगमा पठाएको छ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम आयोगमा सिफारिस गरेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेले आयोगले तोकेको मापदण्डअनुसार २० जनाको नाम पठाइएको बताए ।
आयोगको कानुनबमोजिम बैठकले समानुपातिकतर्फ सांसद निर्वाचित गर्न १५ महिला र ५ जना पुरूषको नाम सिफारिस गरेको उनले बताए ।
तर उम्मेदवारहरूको क्लस्टर तलमाथि भएमा आयोगले सच्याउने भएकाले नाम औपचारिक रुपमा सार्वजनिक नगरिएको उनलले बताए ।
कांग्रेसका अर्का नेताले पनि सूचीमा रहेका नाममा हेरफेरको सम्भावना पनि हुन सक्ने भएपछि सार्वजनिक नगरिएको जानकारी दिए ।
को-को सिफारिस भए ?
खसआर्य कोटाबाट
१. अर्जुननरसिंह केसी
२. गंगा शाही
३. रुक्मिणीदेवी कोइराला
४. रीना उप्रेती
५. सुशीला ढकाल
६. सीता थपलिया
आदिवासी जनजाति कोटाबाट
७. गंगालक्ष्मी अवाल
८. गीताकुमारी सेन्दाङ
९. गीता गुरुङ
१०. भीष्मराज आङ्देम्बे
११. रेनुका काउचा
१२. सुनिताकुमारी सुवेदी
मधेशी कोटाबाट
१३. चन्द्रमोहन यादव
१४. निनुकुमारी कर्ण
१५. रेखाकुमारी यादव
दलित कोटाबाट
१६. पवित्रा विक
१७. मानबहादुर नेपाली
१८. हरिनादेवी कामी
थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
मुस्लिम कोटाबाट
२०. शाहजान खातुन


