समानुपातिक सांसदका लागि रास्वपाको ५७ जनाको सूची निर्वाचन आयोगमा

by समतल अनलाइन
85Shares

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम सिफारिस गरेको छ।

रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको हो ।

पार्टीले सिफारिस भएका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

रास्वपाले १७ जना खसआर्य, १६ जना जनजाति, तीनजना मुस्लिम, आठजना दलित, नौजना मधेसी र चारजना थारू ‘क्लस्टर’बाट उम्मेदवारको सूची बुझाएको हो ।

रास्वपाका एक नेताका अनुसार बुझाइएको सूचीमा क्लस्टरअनुसार नमिले आयोगले तलमाथि गर्न सक्छ । यो सूचीमा प्रमोद न्यौपाने र प्रकाशचन्द्र परियारहरू समेटिन सकेका छैनन् ।

You may also like