काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

by समतल अनलाइन
55Shares

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छन् । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने एजेण्डा रहेको छ ।

You may also like