74
गोरखा । गोरखामा भएको माइक्रोबस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश–००६ ख ८४३० नम्बरको ईभी माइक्रोबस मनकामना–रामशाहाघाट सडकखण्ड अन्तर्गत शहिद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये केही भारतीय नागरिक समेत रहेका छन् । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्दार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य जारी रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


