बुटवलमा चैत्र १ देखी महामेला सुरु हुँदै, सांगीतिक कार्यक्रमदेखि टिकटक प्रतियोगिता सम्म

by समतल अनलाइन
64Shares

बुटवल । बुटवलमा चैत १ गतेदेखि ‘बुटवल महामेला’ आयोजना हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा चैत १ गतेदेखि २५ गतेसम्म मेला सञ्चालन गरिने भएको हो ।
बुटवल–११ स्थित देवीनगर रंगशालामा आयोजना हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै मेलामा जलपरी कपल डान्स, बुज खलिफा आकर्षण, लुम्बिनीको प्रतिमासहितको सचिवालय लगायतका विभिन्न आकर्षणहरू रहने कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए ।
आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारी पूरा भएको जानकारी दिएको हो । मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ ।

मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

You may also like