मृगौला रोगबारे सचेतना फैलाउन बुटवलमा साइकल र्‍याली

by समतल अनलाइन
64Shares

बुटवल।‘सबैका लागि मृगौलाको स्वस्थ्य’ नारासहित रुपन्देहीमा २० औ विश्व मृगौला दिवस सचेतनामुलक साईकल रयाली गरि मनाईएको छ । वर्षमा एक पटक मृगौला जाचौ, आफनो मृगौला बचाऔ भन्ने अभियानका साथ विहिबार साइकल रयाली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

केन डाईबेटिज एण्ड थाईरोईड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाईटेड साईक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको आयोजनामा भएको साईकल रयाली कालिका मानवज्ञान माबिबाट शुरु भएको थियो । रयाली बुटवल नगर परिक्रमा गरि रामनगर हुदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा शक्ति बस्नेतले विश्व परिवेशमा नै मृगौला समस्या हुने संख्या बढ्दो रहेको बताए । ‘विश्वमा ७८ करोड जनसंख्या मृगौलाको समस्या भएका ब्यक्ति छन ।’– उनले भने । नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मृगौलोका समस्या रहेको उनले बताए । विशेष गरि मधुमेह र उच्च रक्तचापको कारण मृगौला खराबी हुने उनले बताए । खानपिन र ब्यायामबाट धेरैमात्रामा दुबैलाई रोकथाम गर्न सकिने उनले बताए ।

मृगौला उपचार धेरै खर्चिलो हुने हुदा परिवारमा एउटा बिरामी भएमा परिवार नै बिरामी मानिने उनले बताए । ‘मृगौला खराब हुनभन्दा यसको रोकथाम जरुरी छ ।’–उनले भने । यसका लागि सचेतनाका कार्यक्रमलाई समुदायमा लैजानुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले आफनै परिवारमा मृगौला रोगबाट परेको समस्याको उदाहरण दिए । आआफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको उनले बताए । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहको बिरामीहरुमध्ये करीब ४ सय बढीको मृगौला बचाउन सफल भएको उनले बताए । ‘केनमा उपचार गरेपछि मृगौला जोगिन्छ भन्ने हामीले छाप छोडेका छौ ।’–उनले भने ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नेफ्रोलोजी विशेषज्ञ डा. अब्दुल सबूर खानले मृगौला रोगको उपचारसंगै रोकथामको अभियान चलाउनुपर्नेमा जोड दिए । एउटा ब्यक्तिको मृगौला बचाउनु भनेको परिवारको ठुलो सम्पत्ती जोगाउनु बराबर नै हुने उनको तर्क छ ।
कार्यक्रममा क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कुनै पनि ब्यक्तिलाई निरोगी बनाउन साईक्लिङ धेरै उपयुक्त माध्यम भएको बताए । पछिल्लोसमय यस क्षेत्रमा साइक्लिङमार्फत विभिन्न दिवसमा सचेतना जगाउने गरि अभियान गर्दा धेरै प्रभावकारी देखिएको बताए ।
कार्यक्रममा दुई दर्जन बढी साईक्लिस्टहरु सहभागी भएका थिए ।

You may also like