25
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्नेमा गएराति भारतीय कन्टेनरले ४ सवारी साधनलाई ठक्कर दिंदा ८ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिनयी त्रिवेणी गाउँपालिक २ घिउखोला नजिक पुर्व–पश्चिम राजमार्गमा एकतर्फी सडकमा बुटवलबाट पुर्वतर्फ आइरहेको यूपी २१ बिटी २७९१ नम्बरको भारतीय कन्टेनरले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ ३ वटा बस र एउटा मोटर साईकललाई ठक्कर दिएको थियो ।
कन्टेनरले कर्णाली प्रदेश ०१-००१ ख ११९२ नम्बरको बस, कर्णाली प्रदेश ००२प ९५७० नम्बर को मोटरसाईकल, लु.प्र.०१-००१ ख ०८२२ नम्बरको बस र लु २ ख २४७५ बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सडक अवरुद्ध भएकाले खुलाउने प्रयास गरेको जानकारी दिएको छ ।


