समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति मत पाए ?

by समतल अनलाइन
132Shares

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड ५ लाख ९० हजार ४७० मत गणना भएको छ । निर्वाचन आयोगले बुधबारसम्म समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ ।

जसमा रास्वपाले ५० लाख ७२ हजार ८७६ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख २३ हजार १७२ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १४ लाख ३२ हजार ९२० अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ८६ हजार १५१ अर्थात ७.४ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार ५५६ मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २७ हजार ३६० मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।

त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

You may also like