काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९० लाख १० हजार ११९ मत गणना भएको छ ।
जसमा रास्वपाले ४३ लाख ६४ हजार २९२ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १४ लाख ५५ हजार ९२ मत अर्थात १६.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १२ लाख २१ हजार ८०० अर्थात् १३.६ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४५ हजार ८८ मत प्राप्त गरेको छ
त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ८८० मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले २ लाख ९२ हजार ८८५ मत अर्थात् ३.३ प्रतिशत मत पाएको छ ।
त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।


