समानुपातिकतर्फ ५० लाख मत गणना, कुन दलले कति पाए ?

by समतल अनलाइन
153Shares

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ५० लाख ७८ हजार ३६० मत गणना भएको छ ।

जसमा रास्वपाले २५ लाख ३ हजार ३४५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४९.३ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ८ लाख ४४ हजार ३८७ मत अर्थात १६.६ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले ७ लाख २२ हजार ७४६ अर्थात् १४.२ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४५ हजार ८४७ मत प्राप्त गरेको छ भने राप्रपाले एक लाख ८१ हजार ५०० मत पाएको छ ।

त्यस्तै श्रम संस्कृति पार्टीले एक लाख २४ हजार २२९ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले ५४ हजार ७९३ मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले ६२ हजार ६४६ मत प्राप्त गरेको छ ।

You may also like