आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड भए पनि सार्वजनिक गर्छौं

by समतल अनलाइन
80Shares

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा गठित जाँचबुझ आयोगको प्रतिवेदन बुझेकी छन् । आयोगका प्रमुख गौरीबहादुर कार्की केहीबेर अघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिइन् । स्रोत र साधनको सिमितताका कारण आयोगले म्याद पटक–पटक थप्नुपरे पनि यसले ‘दूधको दूध, पानीको पानी’ छुट्याएको विश्वास उनले व्यक्त गरिन् .

प्रधानमन्त्री कार्कीले सुरक्षा र गोपनीयताको कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नहुने तर यसको निचोड भने सार्वजनिक गरिने संकेत पनि गरेकी छन् ।

गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको सो आयोगको तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिन अघि आयोगले प्रतिवेदन बुझाएको हो ।

जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य छन् ।

You may also like