सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
69Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ३५ सयले बढेर तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ५४७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५४४५ मा कारोबार भएको थियो ।

You may also like