रुपन्देही–१ मा रास्वपाका सुनिल लम्साल विजयी

by समतल अनलाइन
64Shares

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत पाएका छन् । यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो ।

You may also like