58
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् ।
रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् ।
ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए ।


