72
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले मतगणनामा अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सिंहले ४ हजार ४ सय ९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगन थापाले २ हजार ५ सय ३० मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ६ सय ४३ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रजनिस रायले १ सय ४० मत ल्याएका छन्।
देशभर बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। अहिले विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ।


